Posts

Showing posts from January, 2020

साना किसान सहकारी संस्था चिनारी

Image
साहु महाजन प्रथालाई अन्त्य गरि कृषि क्षेत्रमा किसानको सहज पहुँच र आर्थिक सम्वृद्धी हासिल गर्ने हेतुले  स्थानिय स्तरमा छरिएर रहेका स–साना पूँजीलाई एकिकृत गरि आदिवासी थारु,मुक्तकमैया,सुकुम्बासी तथा पिछडिएका महिलाहरु संलग्न गराई बर्दिया जिल्लाको अग्र स्थानमा रहेको साना किसान कृषि सहकारी संस्था तारातालले छिमेकी ठाउँमा आफु जस्तै संस्था स्थापना गर्ने क्रममा साविकको ढोढरी संस्थाको कार्यालय भवन गा.वि.स.मा साना किसान सहकारी अनुसरण गरेको थियो । चौधरी समुदायको बाहुल्यता र साहुमहाजन प्रथा हाबी भएको ठाउँमा सहकारी स्थापना गर्न ठुलै चुनौती भएता पनि ताराताल साना किसानका मुख्य प्रबन्धक श्री डम्बर के.सी.ले उक्त चुनौतीलाई आत्मसाथ गरि कार्यक्रम संचालन गर्ने क्रममा २०६४।०९।१३ गते डिभिजन सहकारी कार्यालय बर्दियामा संस्था दर्ता भई संचालनमा आएको थियो ।  सुरु सुरुमा उक्त क्षेत्रका समुदायमा वित्तीय साक्षरताको कमिका कारण सदस्य विस्तार गर्नमा समस्याहरु आयता पनि विस्तारै साना किसान सहकारीको मर्म,उद्देश्य र वित्तीय साक्षरताको तालिमहरु प्रदान गर्दै जाने क्रममा समुहमा आवद्ध हुनेको संख्या बृद्धि हुदै गएको थिय