सहकारीहरु सामाजिक उत्तरदायित्व वहन गर्दै
सा.कि.तारातालको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री डम्बर के.सी. र राहत सहयोग लिदै नगर प्रमुख चीनको बुहान प्रान्तबाट पत्ता लागेको नोवेल कोरोना भाइरस (KOVID-19) आजको मिति सम्म २१० वटा देशमा फैलिएको छ भने १६ लाख भन्दा बढीमा संक्रमण फैलिएको छ । ३ लाख ६५ हजार भन्दा बढीलाई सन्चो पनि भैसकेको अवस्थामा करिव ६ प्रतिशत अर्थात ९७ हजार जति मानिसको मृत्यु भएको तथ्यांक रहेको छ । यस भाइरसले कुनै वर्ग, धर्म, धनि–गरिवको भिन्नता नराखी सबै यसको आक्रमणमा परेका छन् । नेपाल पनि यसबाट अछुतो रहन सकेन । हालसम्म नेपालमा ९ जनामा यसको संक्रमण देखिएको छ भने १ जनालाई सन्चो भएको तथ्यांक छ । विश्वब्यापी माहामारीको रुपमा फैलिरहेको सा.कि.ढोढरीको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री सुमन पाण्डे, र राहत सहयोग लिदै नगर प्रमुख नोवेल कोरोना बाट सम्पुर्ण मानव जगतलाई नै त्रसित र प्रभावित बनाएको सन्दर्भमा नेपाल सरकार,प्रदेश तथा स्थानीय सरकारले लकडाउन गरि यस भाइरसलाई नियन्त्रण र रोकथामको प्रयास गरिरहेको छ । यसरी सम्पुर्ण देश नै लकडाउनमा गएको बेला दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने तथा विपन्न वर्गका मानिस