|
सा.कि.तारातालको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री डम्बर के.सी. र
राहत सहयोग लिदै नगर प्रमुख |
चीनको बुहान प्रान्तबाट पत्ता लागेको नोवेल कोरोना भाइरस (KOVID-19) आजको मिति सम्म २१० वटा देशमा फैलिएको छ भने १६ लाख भन्दा बढीमा संक्रमण फैलिएको छ । ३ लाख ६५ हजार भन्दा बढीलाई सन्चो पनि भैसकेको अवस्थामा करिव ६ प्रतिशत अर्थात ९७ हजार जति मानिसको मृत्यु भएको तथ्यांक रहेको छ । यस भाइरसले कुनै वर्ग, धर्म, धनि–गरिवको भिन्नता नराखी सबै यसको आक्रमणमा परेका छन् । नेपाल पनि यसबाट अछुतो रहन सकेन । हालसम्म नेपालमा ९ जनामा यसको संक्रमण देखिएको छ भने १ जनालाई सन्चो भएको तथ्यांक छ । विश्वब्यापी माहामारीको रुपमा फैलिरहेको
|
सा.कि.ढोढरीको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री सुमन पाण्डे, र
राहत सहयोग लिदै नगर प्रमुख |
नोवेल कोरोना बाट सम्पुर्ण मानव जगतलाई नै त्रसित र प्रभावित बनाएको सन्दर्भमा नेपाल सरकार,प्रदेश तथा स्थानीय सरकारले लकडाउन गरि यस भाइरसलाई नियन्त्रण र रोकथामको प्रयास गरिरहेको छ । यसरी सम्पुर्ण देश नै लकडाउनमा गएको बेला दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने तथा विपन्न वर्गका मानिसहरुलाई साँझ विहान हात मुख जोर्न समस्या परेको अवस्थामा बर्दिया जिल्लाको मधुवन नगरपालिकामा भएका सहकारीहरुले सहयोग गरेका छन् ।
मधुवन नगरपालिका प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरि सहकारीहरुले शुक्रवार नगरपालिकाका नगर प्रमुख श्री गणेश बहादुर क्षेत्रीलाई आफ्नो सहयोग राशी हस्तान्तरण गरेका थिए । आफ्नो सहयोग राशी हस्तान्तरण गर्ने क्रममा ताराताल साना किसान कृषि सहकारी संस्था लि.रु.१०१०००।–, साना किसान कृषि सहकारी संस्था लि.सानोश्री रु.५५,५५५।–, साना किसान कृषि सहकारी संस्था लि.ढोढरी रु.२५०००।–, स्वरोजगार साना किसान कृषि सहकारी संस्था लि.सुर्यपटुवा रु.२०,०००।– र साना किसान सहकारीमा कार्यरत कर्मचारीहरुले सहकारी कर्मचारी समाज नेपाल मधुवन साखाको तर्फबाट आफ्नो २ दिनको तलबबाट रु.४१,१३२।– गरि जम्मा साना किसान सहकारीको तर्फबाट रु.२४२,६८७।– साथै अन्य मधुवनमा रहेका सहकारीहरुको समेत गरि कुल ३,८८२९९।– (अक्षेरुपी तिन लाख अठासी हजार दुई सय उनान्सय मात्र) विपत व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको थियो । सहयोग राशी बुझ्ने क्रममा नगर प्रमुखले प्राप्त भएको सहयोगलाई सहि ठाउँमा सदुपयोग गर्ने र वास्तवीक पिडित किसानलाई राहत प्रदान गर्ने बताउनु भएको थियो । राहत प्राप्त गरेका व्यक्तीहरुको नामावली प्रकाशीत गर्ने र प्राप्त सहयोगको सार्वजनीक सुनाई समेत गर्ने कुरा बताउनु भएको थियो ।
|
नगर प्रमुख श्री गणेश बहादुर क्षेत्री आफ्नो भनाई राख्दै |
|
सहयोग हस्तान्तरण गर्ने सहकारीहरुको विवरण |
|
सहकारी कर्मचारी समाजको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री दयाराम तिवारी र
राहत सहयोग लिदैँ नगर प्रमुख
|
Comments
Post a Comment