१६औँ वार्षिक साधारण सभा सम्पन्न

उद्घाटन सत्रका प्रमुख अतिथि लागाएतका अतिथि ज्यूहरु
 बर्दिया जिल्लाको मधुवन नगरपालिका वार्ड नं. ४ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लि. ढोढरीको १६औँ वार्षिक साधारण सभा आज मिति २०८०।०८।१६ गते सम्पन्न भएको छ । ने.रा. मा.वि.ढोढरीको प्राङगडमा भएको साधारण सभाको सभाध्यक्ष संस्था अध्यक्ष श्री रुकमाया पौडेलले गर्नुभएको थियो । मधुवन नगरपालिकाका नगर प्रमुख श्री तेज बहादुर भाट प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का संचालक श्री लक्ष्मी प्रसाद शर्मा(आकाश) रहनुभएको थियो । यस्तै गरि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नेपालगन्जका इलाका प्रबन्धक श्री शेर बहादुर चौधरी ज्यू, मधुवन – ४ ढोढरी निवासी समाजसेवी श्री सुरेश पन्थ ज्यू, साना किसान कृषि सहकारी संघ लि. बर्दियाका सचिव तथा सहकारी कर्मचारी समाज नेपाल बर्दियाका अध्यक्ष श्री डम्बर के.सी. ज्यू र वडा नं. ४ का वडा अध्यक्ष श्री बलिराम चौधरी ज्यू को विशेष आतिथ्य रहेको थियो । यस्तै गरि नेपाल राष्ट्र बैंकका उप– निर्देशक तथा सहायक निर्देशकको समेत विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य स्थानिय विभिन्न संघ संस्था लगाएत सुरक्षा निकाय तथा वुद्धिजिवि र सुभचिन्तक ज्यूहरुको उपस्थितीमा साधारण सभाको उद्घाटन सत्र संचालन गरिएको थियो । 

सहभागि शेयर सदस्य ज्यूहरु
 १६४५ जना महिला शेयर सदस्य रहेको यस सहकारीमा करिब ११०० जना शेयरधनि महिला आमा, दिदीबहिनीहरुको उत्साहजनक सहभागिता रहेको थियो । “सहकारीको दिगोपन ः स्वनियमन र सुशासन” र “साना किसानको समृद्धि ः कृषिको रुपान्तरण र उद्यमशिलताको विकास” भन्न्ने मुल नारालाई आत्मसाथ गरि संचालन गरिएको कार्यक्रममा उत्कृष्ट कृषक सम्मान,  जेष्ट शेयरधनि सम्मान कार्यक्रम गरिएको थियो । उत्कृष्ट वंगुर पालक किसान १ जना, उत्कृष्ट भैसी पालक किसान २ जना, उत्कृष्ट बाख्रा पालक किसान १ जना, उत्कृष्ट व्यवसायिक तरकारी किसान १ जना, उत्कृष्ट समुह बचत कर्ता १ जना यस्तै गरि असल ऋणी सदस्य तथा उत्कृष्ट शेयर खरिद कर्ता सदस्य १ जना र उत्कृष्ट अन्तर समुह संयोजक १ जनालाई सम्मान तथा पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै गरि १ जना शेयर सदस्यका सन्तती लाई एस.ई.ई.मा उत्कृष्ट अंक ल्याई प्रथम हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । 

जेष्ट शेयरधनि सदस्यहरुलाई सम्मानको झलक

अतिथिहरुले शुभकामना मन्तव्य दिने क्रममा संस्थाको कार्यप्रगति उत्साहजनक रहेको, महिला सदस्यहरुले संचालन गर्नुभएको यस संस्थाले उत्कृष्ट कार्य गरेको र अझै थप सफलताको शुभकामना दिनुभएको थियो । हालै देखिएको वित्तीय संकटहरुबाट त्रसति नहुन र ऋण मिनाहा हुने र संघ संस्थाको ऋण नतिर्दा पनि हुने भन्ने जस्ता अफवाह फैलाई सहकारी क्षेत्रको बद्दनाम गर्न खोजिरहेको हुँदा त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभएको थियो । यस साना किसान कृषि सहकारी अरु वित्तीय संस्था जस्तो नभएको र यही स्थानीय स्तरको साना साना पूँजी एकत्रित गरि सहकारी संचालन भएको हुँदा आफ्नो संस्थाको सुरक्षामा आफैँ खटिनको लागि समेत सदस्यलाई आग्रह गर्नुभएको थियो । 
उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै 

आ.व.२०७९।०८० को आय व्यय तथा आार्थिक प्रगति प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । संस्थाको कुल १६४४ जना शेयर सदस्य २ करोड ८ लाख ९९ हजार शेयर पुँजी रहेको छ । बचत(निक्षेप) १३ करोड ४९ लाख ७३ हजार रहेको छ भने लगानीमा रहिर

हेको ऋण(ल.र.र.) २० करोड ३४ लाख ९५ हजार रहेको छ । कुल वार्षिक आम्दानी ३ करोड १ लाख ६८ हजार भएको र २ करोड ३७ लाख ९२ हजार कुल खर्च भई ६३ लाख ७५ हजार नाफा गर्न सफल भएको यस  संस्थाको कुल २५ करोड ५ लाख २५ हजारको कुल सम्पत्ती भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । 
शुभकामना मन्तव्य दिनुहुदै अतिथि
शुभकामना मन्तव्य दिनुहुदै अतिथि

संस्थाले गत आ.व. को खुद नाफाबाट ११।५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने तथा १७।५ प्रतिशतका दरले समुह बचत खातामा संरक्षित पूँजि फिर्ता कोष वितरण गर्ने र २।५ प्र
उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै 
तिशतका दरले ऋण कारोवारका आधारमा संरक्षित पूँजि फिर्ता कोष वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । यस्तै संस्थाको उपाध्यक्ष पदमा श्री कविना चौधरी ज्यू, लाई सर्वसम्मतीले आगामाी कार्यकालको लागि निर्वाचीत गरेको छ । यस्तै रिक्त रहेको २ वटा संचालक पदमा श्री अनिता कुमारी चौधरी र फुलरानी चौधरीलाई सभाले सर्वसम्मतीबाट निर्वाचीत गरि पठाएको छ । यस्तै गरि सदस्य बिमा बचत कार्यविधि स्वीकृत गरि बिमा बचत कार्यक्रम संचालन गर्ने योजना पनि शुरु गरेको छ भने आगामी वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम र ३ करोड ७१ लाख ३५ हजार को आय व्ययको बजेट समेत सर्वसम्मतीले पारित गरेको छ । 

उपहार कुपन मार्फत इन्डक्सन चुलो प्राप्त् गर्दाको खुशिको क्षण
संस्थाले सधारण सभामा १२ बजे सम्म आउने शेयर सदस्यको लागि उपहार कुपन -LUCKY  DRAW को पनि व्यवस्था गरेको थियो र कार्यक्रमको अन्तिममा सो उपहार कुपन तानिएको थियो । उक्त उपहार कुपन शेयर सदस्य श्री सोमली थारुलाई पर्न सफल भएको थियो । उपहारमा १ सेट बिद्युतिय चुलो प्रदान गरिएको छ ।  संस्था प्रबन्धकले संचालन गर्नुभएको कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । 
























Comments

Popular posts from this blog

साना किसान सहकारी संस्था चिनारी

वित्तीय साक्षरता तथा समूह, अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न