Posts

Showing posts from 2020

सहकारीहरु सामाजिक उत्तरदायित्व वहन गर्दै

Image
सा.कि.तारातालको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री डम्बर के.सी. र  राहत सहयोग लिदै नगर प्रमुख चीनको बुहान प्रान्तबाट पत्ता लागेको नोवेल कोरोना भाइरस (KOVID-19) आजको मिति सम्म २१० वटा देशमा फैलिएको छ भने १६ लाख भन्दा बढीमा संक्रमण फैलिएको छ । ३ लाख ६५ हजार भन्दा बढीलाई सन्चो पनि भैसकेको अवस्थामा करिव ६ प्रतिशत अर्थात ९७ हजार जति मानिसको मृत्यु भएको तथ्यांक रहेको छ । यस भाइरसले कुनै वर्ग, धर्म, धनि–गरिवको भिन्नता नराखी  सबै यसको आक्रमणमा परेका छन् । नेपाल पनि यसबाट अछुतो रहन सकेन । हालसम्म नेपालमा ९ जनामा यसको संक्रमण देखिएको छ भने १ जनालाई सन्चो भएको तथ्यांक छ । विश्वब्यापी माहामारीको रुपमा फैलिरहेको सा.कि.ढोढरीको तर्फबाट सहयोग हस्तान्तरण गर्दै श्री सुमन पाण्डे, र  राहत सहयोग लिदै नगर प्रमुख नोवेल कोरोना बाट सम्पुर्ण मानव जगतलाई नै त्रसित र प्रभावित बनाएको सन्दर्भमा नेपाल सरकार,प्रदेश तथा स्थानीय सरकारले लकडाउन गरि यस भाइरसलाई नियन्त्रण र रोकथामको प्रयास गरिरहेको छ । यसरी सम्पुर्ण देश नै लकडाउनमा गएको बेला दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने तथा विपन्न वर्गका मानिस

समुह अभिमुखीकरण तथा आम सचेतना तालिम सम्पन्न

Image
तालिमको सामुहिक तस्वीर साना किसान कृषि सहकारी संस्था लि.ढोढरी,बर्दियाको आयोजनामा समुह अभिमुखीकरण तथा आम सचेतना तालिम सम्पन्न भएको छ । मिति २०७६–११–१६ र १७ गते भएको तालिममा ११५ जनाको सहभागिता थियो । २०७६ साल लाई समुह सुदृढिकरण अभियान वर्षको रुपमा राखि विभिन्न तालिम तथा कार्यक्रम गर्ने सन्दर्भमा संस्थाका अन्तर समुह प्रतिनिधिहलाई यो तालिम प्रदान गरिएको हो । तालिमलाई  नेपाल कृषि सहकारी केन्द्रिय सघंका संचालक श्री पुर्ण शर्मा, साना किसान विकास बैंक ईलाका कार्यालय नेपालगन्जका ईलाका प्रबन्धक श्री गणेश प्रसाद भटराई, साना किसान कृषि सहकारी संस्था लि.तारातालका मुख्य प्रबन्धक श्री डम्बर के.सी. लगाएतले सहजिकरण गर्नुभएको थियो । समुह सदस्य वृद्धी गर्ने, भाका नाघेको ऋण घटाउने,साना किसानले संचालन गरेको कार्यक्रमहरुलाई सबै माझ प्रभावकारी रुपमा लैजानको लागि सहजता प्रदान गर्ने, सहकारी सचेतनालाई वृद्धि गर्दै सबल, सुसानयुक्त  दिगो संस्था निर्माण गर्ने मुख्य उद्देश्यका साथ तालिम संचालन गरिएको थियो । हाल संस्थाको २४२ वटा समुह १५२१ जना महिला शेयर सदस्य रहेको साथै १ करोड ३५ लाख शेयर रकम, ९ करोड बचत र १२ क

साना किसान सहकारी संस्था चिनारी

Image
साहु महाजन प्रथालाई अन्त्य गरि कृषि क्षेत्रमा किसानको सहज पहुँच र आर्थिक सम्वृद्धी हासिल गर्ने हेतुले  स्थानिय स्तरमा छरिएर रहेका स–साना पूँजीलाई एकिकृत गरि आदिवासी थारु,मुक्तकमैया,सुकुम्बासी तथा पिछडिएका महिलाहरु संलग्न गराई बर्दिया जिल्लाको अग्र स्थानमा रहेको साना किसान कृषि सहकारी संस्था तारातालले छिमेकी ठाउँमा आफु जस्तै संस्था स्थापना गर्ने क्रममा साविकको ढोढरी संस्थाको कार्यालय भवन गा.वि.स.मा साना किसान सहकारी अनुसरण गरेको थियो । चौधरी समुदायको बाहुल्यता र साहुमहाजन प्रथा हाबी भएको ठाउँमा सहकारी स्थापना गर्न ठुलै चुनौती भएता पनि ताराताल साना किसानका मुख्य प्रबन्धक श्री डम्बर के.सी.ले उक्त चुनौतीलाई आत्मसाथ गरि कार्यक्रम संचालन गर्ने क्रममा २०६४।०९।१३ गते डिभिजन सहकारी कार्यालय बर्दियामा संस्था दर्ता भई संचालनमा आएको थियो ।  सुरु सुरुमा उक्त क्षेत्रका समुदायमा वित्तीय साक्षरताको कमिका कारण सदस्य विस्तार गर्नमा समस्याहरु आयता पनि विस्तारै साना किसान सहकारीको मर्म,उद्देश्य र वित्तीय साक्षरताको तालिमहरु प्रदान गर्दै जाने क्रममा समुहमा आवद्ध हुनेको संख्या बृद्धि हुदै गएको थिय