१५औ वार्षिक साधारण सभा सम्पन्न

कार्यक्रम उद्घाटन गर्दै नगर उप–प्रमुख श्री अनिता चौधरी ज्यू, 

 साना किसान कृषि सहकारी संस्था लि. ढोढरी मधुवन न.पा.–४, बर्दियाको १५औ वार्षिक साधारण सभा २०७९/०८/१७ गते सम्पन्न भएको छ । संस्थाको अध्यक्ष श्री रुकमाया पौडेल ज्यूको सभा अध्यक्षतामा, मधुवन नगरपालिका उप–प्रमुख श्री अनिता चौधरी ज्यू,को प्रमुख आतिथ्य तथा जिल्ला सहकारी संघ लि. बर्दियाका अध्यक्ष श्री नवराज ढुङगानाको विशेष आतिथ्यमा संचालन भएको सभामा साना किसान कृषि सहकारी संघ लि. बर्दियाका सचिव श्री डम्बर के.सी., राष्ट्रिय सहकारी बैंक लि. भुरिगाउँ शाखाका प्रबन्धक श्री किरण खत्रि, वडा कार्यालयका प्रतिनिधि लगाएतका स्थानिय संघसंस्थाका प्रतिनिधिहरु उपस्थित सो साभामा संस्थाका करिब १००० जना शेयर सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । 

उत्कृष्ट कृषक सम्मान गर्दै विशेष अतिथि र संस्था अध्यक्ष
साधारण सभामा संस्थाका शेयर सदस्यहरु लाई पुरस्कार तथा सम्मानका कार्यक्रमहरु गरेको थियो । उत्कृष्ट पशुपालक कृषक सम्मान तर्फ संस्थाका ७ जनालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने शेयरधनिका सन्ततीहरु मध्येबाट उत्कृष्ट अंक ल्याई एस.ईंई मा प्रथम हुने ३ जना विद्यार्थीलाई पनि पुरस्कार विरतण गरिएको थियो । यस्तै गरि उत्कृष्ट समुह तथा उत्कृष्ट अन्तर समुह संयोजकलाई पनि सम्मान गरिएको थियो । संस्थाका १० जना जेष्ठ शेयरधनिहरुलाई सम्मान समेत गरिएको थियो । 
संस्थाको वार्षिक प्रतिवेदन संस्था अध्यक्षले प्रस्तुत गर्नु भएको थियो । आ.व. २०७९/०८० को लागि संस्थाले रु.४ करोड ८२ लाखको आय व्यय सभाबाट पारित गरेको छ । 
उपस्थित शेयरधनि ज्यूहरु
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था अध्यक्षले संस्थाले संचालन गरेका तथा गर्ने कार्यक्रमहरु सुनाउनु भएको थियो । ऋण लगानी असुलीका कार्यक्रम, बचत संकलन, रासायनिक मल खाद खरिदविक्री, उन्नत जातका विउविजनहरु वितरण, पशु सुरक्षण कार्यक्रम, सदस्य सुरक्षण कार्यक्रम, सामाजिक सामुदायिक कार्यक्रम, छपाई तथा प्रकाशनहरु, सुत्केरी पोषण कार्यक्रमहरु लगाएतका संस्था मार्फत प्रदान गर्ने सेवाहरुको जानकारी गरिएको थियो । 

मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि
कार्यक्रममा बोल्दै अतिथिहरुले सहकारीको प्रगतिको कामना गर्दै संस्थाले गरेको प्रगतिको प्रशंसा गर्नु भएको थियो । प्रमुख अतिथि नगर उप–प्रमुखले महिलाहरुले अधिकार मात्र नखोजी प्राप्त अधिकारलाई कर्तव्य निष्ठ भई निर्वाह गर्न पनि अनुरोध गर्नु भयो साथै महिलाहरुले संचालन गरेको यस सहकारीमा आफुले लिएको ऋणको सहि सदुपयोग गर्दै उद्देश्य अनुरुप कार्यहरु गरि उच्च प्रतिफल लिन समेत अनुरोध गर्नु भयो । नगरपालिका मार्फत आफुले यस सहकारीलाई आवश्यक सहयोगहरु प्रदान गर्नको लागि कटिवद्ध भई लागीपर्ने पनि बताउनु भएको थियो । कार्यक्रम संस्था प्रबन्धक श्री भावना घर्तीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष श्री सरिता चन्दले गर्नुभएको थियो । 

सम्मानित जेष्ठ शेयरधनि
मन्तव्य राख्नुहुँदै कृषि संघ सचिव



 








सम्मानित पूर्व पदाधिकारीहरु
संस्था स्थापना देखि विभिन्न समितिको पदहरुमा रहि सेवा गर्दै आउनुभएको पूर्व अध्यक्ष, उपाध्यक्ष, संचालक, लेखा समिति सदस्य लगाएतका पदाधिकारीहरुलाई संस्था अध्यक्ष मार्फत सम्मान गरिएको थियो । 

संस्था स्थापना देखि हालसम्मको आर्थिक सुचांक
२०६४ सालमा दर्ता भई संचालनमा आएको यस संस्थाले हाल १६२० जना महिलाहरुलाई सदस्यको रुपमा आवद्ध गरि सेवा प्रदान गर्दै आइरहेको छ । कुल १ करोड ९६ लाख शेयर पुँजी, ११ करोड ७२ लाख बचत संकलन तथा १९ करोड १३ लाख ऋण लगानी गरेको यस संस्थाले विभिन्न किसिमका कृषिजन्य कार्यक्रमहरु पनि सँगसगै संचालन गरिरहेको छ । पशुहरुको सुरक्षाको निम्ती पशुधन सुरक्षण कार्यक्रम, व्यवसायिक कृषहरुलाई अनुदान तथा सम्मानबाट प्रोत्साहन सहुलियत कर्जा लगाएतका किसानमुखी कार्यक्रम संचालन गरिरेहेको छ । मासुनज्य तथा दुधजन्य उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले ९ प्रतिशत ब्याजदरमा सहुलियत ऋण लगानी गर्दै आएको, कृषि उद्यम गर्ने सदस्यलाई लघुउद्यम कर्जा ५ लाख देखि ५० लाख सम्म ८।५ प्रतिशत ब्याजदरमा लगानी समेत गर्दै आइरहेको छ । 
वार्षिक प्रतिवेदन किताब


संस्थाको वार्षिक प्रतिवेदन प्रकाशन गरि सदस्यहरुलाई संस्थाको आर्थिक गतिविधिहरु स्पष्ट पारि पेश गरिएको छ । १५औ साधारण सभाबाट १२ वटा प्रस्तावहरु पारित गर्दै सभा सम्पन्न गरिएको थियो । सभाले २०७८/०७९ को मुनाफाबाट ९ प्रतिशत शेयर लाभांश वितरण गर्ने, संरक्षित पुँजी कोषबाट बचत तर्फ ४० प्रतिशत र ऋण कारोवार तर्फ ६० प्रतिशतले हुन आउने रकम वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यस्तै गरि संस्थाको आन्तरिक कार्यविधिहरु अनुमोदन गरेको थियो ।





















Comments

Popular posts from this blog

१६औँ वार्षिक साधारण सभा सम्पन्न

साना किसान सहकारी संस्था चिनारी

वित्तीय साक्षरता तथा समूह, अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न