|
तालिममा सहभागि सदस्यहरु |
मधुवन नगरपालिका– ४, बर्दियामा अवस्थीत साना किसान कृषि सहकारी संस्था लि. ढोढरीले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय साक्षरता तथा समूह, अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न गरेको छ । २०७९ चैत्र १ देखि संचालन भएको उक्त तालिममा आफना करिब ७५० जना भन्दा बढी शेयर सदस्यहरुलाई तालिम दिन सफल भएको छ । सहकारीको पाचौँ सिद्धान्तको रुपमा रहेको शिक्षा, तालिम र सूचनालाई ध्यानमा राख्दै सदस्यलाई यस तालिम प्रदान गरिएको थियो ।
|
तालिममा सहजीकरण गर्नु हुदै इलाका प्रबन्धक श्री शेर बहादुर चौधरी ज्यू, |
प्रत्येक अन्तर समूह स्तरमा संचालन गरिएको यस तालिमलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय नेपालगन्जका ईलाका प्रबन्धक श्री शेर बहादुर चौधरी, नेपाल कृषि सहकारी केन्द्रीय संघका संचालक तथा साना किसान कृषि संघ लि. बर्दियाका अध्यक्ष श्री हरि बहादुर अधिकारी, साना किसान कृषि सहकारी संघ लि. बर्दियाका सचिव तथा ताराताल साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक श्री डम्बर के.सी., राष्ट्रिय सहकारी बैंक लि. भुरीगाउँ शाखाका शाखा प्रबन्धक श्री किरण खत्री, संस्था प्रबन्धक तथा स. प्रबन्धकले सहजिकरण गर्नु भएको थियो ।
|
तालिममा सहभागि सदस्यहरु |
यस तालिमबाट सहभागि सदस्यहरुले आफ्नो खर्च, आम्दानीलाई ब्यवस्थापन गरि पारिवारिक बजेट निर्माण गर्न, बचतलाई आफ्नो अनुकुलताका आधारमा मध्यकालिन तथा दिर्घकालिन रुपमा निरन्तर बचत गर्ने बानीको बिकास गर्न, ऋण लिँदा आफुले लिने ऋणको सम्पुर्ण जानकारीहरु लिई उद्देश्य अनुरुप ऋणको सदुपयोगीता गरि आर्थिक उन्नती हासिल कसरी गर्ने तथा संस्थाका आर्थिक गतिविधिहरु र प्रदान गरिरहेका र गर्ने सेवा सुविधाका विषयमा बृहत छलफल तथा जानकारीहरु लिन सदस्यहरु सफल हुनुभएको थियो ।
|
तालिममा सहभागि सदस्यहरु |
१०० प्रतिशत महिला सहभागितामा संचालन रहेको यस साना किसान सहकारीले हाल २६६ वटा समुहमा १६३५ जना शेयर सदस्यलाई आवद्ध गराई सेवा प्रदान गर्दै आइरहेको छ । जसमा १२१७ जना जनजाती, ८४ जना दलित र ३३४ जना अन्य समुदाय रहेको छ । २ करोड ३ लाख ५३ हजार शेयर पुँजी रहेको यस संस्थामा १२ करोड ४३ लाख बचत(निक्षेप), १९ करोड ५४ लाख ९० हजार ऋण लगानी रहेको छ । संस्थाका सदस्य किसानहरुको पशुहरुको क्षतीलाई न्यूनीकरण गर्नको लागि पशु सुरक्षा(बिमा) कार्यक्रम समेत संचालन गरि सेवा प्रदान गर्दै आइरहेको छ । सो कोषमा हालसम्म ३१ लाख ९० हजार पुँजी संकलन भएको छ । यस्तै गरि यस फागुन मसान्त सम्म २१ प्रतिशत तरलता राखेको छ ।
|
सहजीकरण गर्नु हुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघ संचालक श्री हरि बहादुर अधिकारी ज्यू, |
|
सहजीकरण गर्नु हुँदै साना किसान कृषि संघ बर्दियाका सचिव श्री डम्बर के.सी. ज्यू, |
|
सहजीकरण गर्नु हुँदै राष्ट्रिय सहकारी बैंक लि. भुरीगाउँ साखाका साखा प्रबन्धक श्री किरण खत्री ज्यू, |
Comments
Post a Comment